Message From Principal

शैक्षिक सुधारलाई साविक गा.वि.स मा अध्ययन गर्ने सबै वालबालिका हाम्रा भन्दा राम्रा बनुन कोहीपनि उच्च शिक्षाबाट बन्चित नबनुन भन्ने उद्देश्यले विद्यलयको आन्तरिक प्रयासबाट एस.एल.सि मा उत्कृष्ट अंक ल्याउने दलित, अपांग, बुहारी चेली, गरिब तथा जेहेन्दारलाई कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छुट दिदै आएका छौ भने अध्यापन गराउने शिक्षिकाहरुलाई मा.वि.को पुरा दरवन्दिको अभावले कति पय तल्लो दरवन्दिका शिक्षकलाई पूर्ण सन्तुष्टि दिन नसक्नु विडम्बना जस्तै बनेको छ । स्मरण रहोस् आगामी दिनमा पनि उच्च शिक्षा हासिल गर्न अन्यन्त्र आफ्ना छोराछोरी आफ्नै घरको उच्च शिक्षा छोडेर पठाउनेहो भने हामिले भरखरै प्राप्त गरेको उ.मा.वि दरवन्दि गुमाउनु पर्ने बाध्य हुने छौ र उ.मा.वि मा वर्षेनि व्यहोर्नु पनुै करिव रु ३ लाख खर्चलाई आम्दानीमा बदली नमुना विद्यालयमा प्रयोगगर्न हामी सबै क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गर्न विनभ्र अनुरोध गरिन्छ । साथै अहिलेको परिस्थितिमा नमूना विद्यालयको आधार हाम्रो संकल्प हो । कक्षा १० को विद्यार्थीहरुलाई कोचिङ ट्युसन व्यवस्थापन गराई हाल पनि निरन्तर पठनपाठन गराउने हर प्रयासमा छौँ । साथै वालवालिका को लागि प्रत्येक शिक्षक, विद्यार्थीको सहयोगबाट अक्षय कोष सञ्चालन गरि त्यसको ब्याज गरिब तथा जेहेन्दार छात्रबृत्तिमा दिने लक्ष्य रहेको छ । अझै शैक्षिक सुधारको लागि विद्यालय अनिवार्य ड्रेसको न.पा.ले तोके बमोजिम पूरा गरेको साथै विद्यार्थी अभिभावक विचमा आदान प्रदान बढाउन पोर्टफेलियो अवधारणा कार्यान्वयनमा ल्याई परिक्षाको नतिजालाई व्यवस्थित गर्दै थप पृष्ठपोषण बढाउन प्रयास भइरहेको जानकारी गर्दछु ।
यस विद्यालय सञ्चालन एवम् प्रगति उन्नतिको लागि वि.व्य.स लगायत यस विद्यालयको समग्र पक्षमा गठनभएको समितिले महत्वपुर्ण भुमिका खेल्नुपर्ने र विगत र वर्तमानलाई निरन्तर चलायमान हुदै यस विद्यालयको आर्थिक र भौतिक व्यवस्थापनमा अनुकरणिय काम गर्ने अपेक्षा राख्दछु । ठिक स्थानमा हाम्रा भन्दा पनि राम्रो योग्य शिक्षक छनौट गर्ने काममा जिल्लाका अन्य विद्यार्थीलाई समेत अनुकरणिय काम गर्नेमा विश्वस्त ठान्ने छु । साथै विद्यालय पदाधिकारीहरु र हामीलाई सल्लाह सुझाब, चासो, जिज्ञासा एवम् आर्थिक,भौतिक, शैक्षिक एवम् प्राविधिक कार्यमा सहयोग पु¥याउनु हुने सबै पक्षमा धन्यवाद दिदै अहिले सम्म सहयोग पु¥याउने सबै संघसंस्था विभिन्न तह र तक्कामा रहनुभएका महानुभावहरुमा नमुना विद्यालयका लागि फेरी पनि सहयोगको अपेक्षा गर्दछु ।

धर्म दुत्त सापकोटा