समुन्द्र सतहबाट करिव ११६९ मि. उचाईमा रहेको यस विद्यालय, जुगल हिमालको स्वच्छ वातावरणमा रमाउँदै ज्ञान तथा विज्ञानसँग प्रतिस्पर्धा गर्न असल नागरीक उत्पादन गरी सामाजिक रुपान्तरणको लागि शिक्षाको ज्योति फैलाउने उद्धेश्यले क,ख,ग,घ बाट सुरु गरेर यस स्थानमा शिक्षा प्रति चासो देखाउने काम यस विद्यालयका संस्थापकहरुमा श्री देविनाथ पराजुली, स्व.श्री मेघनाथ सापकोटा, स्व. श्री टोपनाथ नेपाल, स्व. श्री नवराज नेपालहरुबाट विद्यालयको औपचारिक स्थापना साविक बतासे गा.वि.स वडा नं ४ देवीडाँडामा श्री कालिकादेवी प्रा.वि नामबाट वि.स २०३७ माघ ९ गते भएको हो । यस विद्यालयको नजिक रहेको सेवा क्षेत्र अन्तर्गत जर्केबारी, काफ्ले गाँउ, कमलाबारी, कटुञ्जे, बतासे, आँयेटार, साकिने, आलमछाप आदि टोलका बालबालिकाहरु सुरुमा पढ्न सुरु गरेको यस विद्यालयमा प्रा.वि. तहमा १२ वर्षसम्म रह्यो । विद्यालय थालनी समयमा स्व. श्री मेघनाथ सापकोटा, त्रिलोचन नेपाल, भू.पू गा.वि.स. अध्यक्ष श्री नारायण बहादुर पौडेल, देविनाथ पराजुली, लाल बहादुर थापा, मेघनाथ सापकोटा, मिन प्रसाद सापकोटा, यज्ञराज सापकोटा, चुडामणि पराजुली, कुमार सापकोटा, रत्न ब. महर्जन, भरत ब.सापकोटा लगायतबाट विद्यालय व्यवस्थापकीय एवम् प्रशासकिय नेतृत्व लिने काम भएको पाइन्छ । यस विद्यालयलाई प्रा.वि. तहदेखि नै काफ्ले र सापकोटा बन्धुहरु लगायतका व्यक्तिहरुको उल्लेखनीय योगदान भएको पाइन्छ । वि.स २०४९ सालबाट नि.मा.वि. तहमा स्तरोन्नति गर्ने काम भएको पाइन्छ । शिक्षाको महत्व वढ्दै गएको र जिल्ला नजिक रहेर पनि भौगोलिक कारण शैक्षिक शुन्यतामा छाएको अवस्थामा यसैलाई चिर्न समाजका अगुवाहरुले विद्यालयलाई माध्यमिक तहमा लैजाने पहलकदामी स्वरुप २०५७ सालबाट यस विद्यालयले मा.वि तह सञ्चालन गर्न स्वीकृति प्राप्त गरी मा.वि तहमा स्तरोन्नति भएको थियो ।
मा.वि स्थापना भईसके पश्चात विद्यालय सञ्चालन हुँदै जाने क्रममा वर्तमान अध्यक्ष श्री यज्ञराज सापकोटाको अगुवाईमा मा.वि व्यवस्थापन पक्षलाई सुधार गर्दै सबैको सहयोगका साथै योगदानमा
मा.वि पुर्वाधार पुरा गरी विद्यालयको हाल मातहतमा रहेको कित्ता नं १४३२, १५४७, १४३३, १३९६, १५७७, १४३१, १४३० जग्गा आफ्नो स्वामित्वमा रहेको छ ।
यस विद्यालयको विविध उकाली ओराली पार गर्ने सबैको मेहेनतको फलस्वरुप २०५८ सालदेखि २०७५ सालसम्म ग्रेडिङ सहित ४६४ जनाले एस एल सि उत्तीर्ण गरी उपलब्धिहरु क्रमशः सुधारोन्मुख हुँदै २०६६ साल र २०७४ सालको शतप्रतिशत र हालसम्मकै परिणामले जिल्लामा आफ्नो नाम अग्रस्थानमा ल्याउन विद्यालय सफल भएको छ । साथै कक्षा ८ को राष्ट्रिय नमुना सर्वेक्षण २०६८ अनुसार राष्ट्रिय मापनमा उत्कृष्ट भएको पनि जानकारी गराउन चाहन्छु ।
विद्यालय स्थापनाको २९ वर्षपछि उच्च मा.वि सञ्चालन गर्ने सोचगरी उच्च माध्यमिक शिक्षा परिषद्मा सम्बन्धनको लागि वि.स. २०६५ मा प्रक्रिया अगाडि बढाइयो र २०६६ बाट शिक्षा शास्त्र संकायका विषयहरु पठनपाठन गराउने गरी १०+२ कक्षा अनुमति प्राप्त गरेर सोहि वर्षको श्रावण महिनाबाट कक्षा ११ सुरुभई कक्षा ११ र १२ दुवैमा गरी हालसम्म निरन्तर रुपमा प्रथम श्रेणी सहित ९९ जनाले प्रमाण–पत्र लिन सफल भएको कुरा जानकारी गराउँदछु ।
क,ख,ग पढाउने उद्धेश्यले स्थापना भएको सानो विद्यालय तीन दशक नबित्दै उ.मा.वि हुनु सामान्य क्षेत्रफल साँघुरो भू–भागको बाबजुद विद्यालय पक्कि भवनको उद्धेश्य राखी उपयुक्त जग्गा व्यवस्था गर्न सफल भएको र शैक्षिक उपलब्धि हासिल हुनु प्रगतिका सुचक हुन् ।
विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा अहम् भुमिका निर्वाह गर्ने काममा अनवरत रुपमा सबथोक विद्यालयनै हो भनेर आफुलाई समर्पित शिक्षकहरुको भुमिका र योगदान अगाडि आउँछ भने भौतिक विकासमा विभिन्न तहबाट सहयोग भैरहेता पनि विशेष गरी जिल्ला शिक्षा कार्यलय, विद्यालय व्यवस्थापन समिति, गाउँ विकास समिति, शिक्षक अभिभावक संघ, राजनैतिक दल, भू.पू विद्यार्थीहरुबाट +२ सम्म सञ्चालनको लागि महत्वपुर्ण सहयोग पु¥याउदै आएको अवगत गराउँदछु । साथै यस विद्यालयलाई जग्गा प्रदान गरी सहयोग गर्नुहुने जग्गादाता संस्थापक स्व.श्री नवराज काफ्ले, मेघनाथ काफ्ले, टिका प्र. काफ्ले, देविनाथ काफ्ले, तुलसीराम काफ्ले, दल प्र. काफ्ले, तेकनाथ काफ्ले, स्व. इन्द्रवर नेपाल, स्व.विष्णु प्र. ढकाल हुनुहुन्छ भने जग्गा अनुसार मोलमोलाईबाट आर्थिक सहयोग गरी योगदान पु¥याउने श्री चुडामणि पराजुली, हरि प्र. पराजुली, रामहरी पराजुली, दिननाथ पराजुली र हरि प्र. पराजुली (कटुञ्जे) यहाँहरुलाई स्मरण गर्दै +२ लाई सहयोगको निरन्तरता दिन विशेष रुपमा आर्थिक सहयोग गर्ने श्री सुर्य प्र. सापकोटा, देवीडाँडा खानेपानी संस्था, श्री लाल ब. थापा, अमृत ढकाल, श्री नारायण ब. पौडेल र विद्यार्थी हकहितको लागि अक्षय कोष सञ्चालनमा सहयोग पु¥याउनुहुने श्री दिपक लाल पराजुली एवम् विद्यालयको निरन्तर सहयोगी टोपनाथ सापकोटा र विष्णु प्र. सापकोटा लगायत सहयोगी एवम् आजिवन सदस्य सुभचिन्तक सम्पुर्णलाई स–धन्यवाद दिँदै विद्यालयको इतिहासमा सधैँ स्मरण रहने स्पष्ट पार्दछु ।
सभापति महोदय, २०७२ बैशाख १२ गते र २९ गतेको स्मरण गर्दा कहालीलाग्दो हुन्छ । त्यसै दिनको घटनाबाट विद्यालयको ऐतिहासिक चिनारी र शैक्षिक गुणस्तरको ह्रास एवम् शैक्षिक तथा भौतिक अवस्था समेत ध्वस्त अवस्थामा पुगेको हुँदा उक्त स्थितिलाई पहिलाकै अवस्थामा ल्याउनको लागि शिक्षक, विद्यार्थी, अभिभावक, वि.व्य.स., जि.शि.का., विभिन्न दातृ संघसंस्थाहरुको सहयोगमा विद्यालयमा भएका, बचेका भौतिक सामाग्रीहरु खोज्दै पन्छाउदै अस्थायी टहराहरु निर्माण गरी केहि समय अगाडि पनि त्यसैको आधारमा पठनपाठन भइरहेको शिलशिलामा ध्वस्त भएको च्ऋऋ भवन पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यलय (रेट्रो फिटिङ) र पुर्व विद्यार्थी श्री सुर्य प्रसाद सापकोटाको सक्रियतामा हिमालयन परिवार इ.भि. म्युनिखको आर्थिक सहयोगमा पुर्णता नभएपनि केही पक्कि कोठाको कारण शैक्षिक वातावरणमा केहि सुधार ल्याउनुमा सहयोगी पुर्व विद्यार्थी भाई र सहयोगी संस्थालाई विद्यालय परिवार धन्यवाद दिन चाहन्छ । आदरणिय अभिभावक ज्यूहरु त्यतिबेलाको अवस्थामा अस्थायी कक्षा सञ्चालन गर्नमा सहयोग पु¥याउने जि.शि.का, अनेरास्ववियु, सिविन नेपाल, व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र ९एम्च्ऋ०, एीब्ल् नेपाल, सगरमाथा हेल्प फाउनडेसन, अन्तराष्ट्रिय कलाकार मञ्च (युएइ), गगनचन्द फाउन्डेसन, ग्ल्म्ए सद्भाव छात्रवृत्ति, पुण्य फाउन्डेसन नेपाल, टि एन घिमिरे, एशियन बुक्स, राम ढकाल, विष्णु थापा, विष्णु सापकोटा, र सेवक नेपालको सहयोगबाट आज पठनपाठन गर्न सहज बनेको छ र ग्ल्म्ए को सहयोग मा ल्याप्टप, प्रिन्टर र स्क्यानर उपलब्ध गराई त्यतिबेला कक्षा सञ्चालन गर्न केहि सहज भएको ब्यहोरा जानकारी गर्दछु । सहयोगको क्रममा टुहुरा अनाथ एवम् बाबुआमा गुमाएका, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर प्रोत्साहन गर्ने सहयोगी संघसंस्था एवम् सम्बन्धीत निकायहरुप्रति निरन्तर सहयोगको लागि अपिल गर्दछौँ । यसै क्रममा विद्यलायको शैक्षिक एवम् भौतिक गतिविधिलाई टेवा पु¥याउने हिसावले रु ४५,०००।– सहयोग गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने साविक बतासे गा.वि.स वडा नं. ३ निवासी श्री टिका ढकाल र भौतिक निमार्णमा सिमेन्ट र जस्ता गरि रु १ लाख बराबरको सहयोग पु¥याउने श्री विष्णु थापा लगायतलाई विद्यालयको लागि थप सहयोग पुगेको स्मरण गर्दछु । सभापति महोदय, २०६६ सालबाट १०+२ सञ्चालन भई हालसम्म पनि न्युनतम खर्चले धान्न मुस्किल परिरहेको ऋणी रहेको अवस्थामा २०७२ सालबाट २ वटा अनुदान दरबन्दि प्राप्त गरी दिउँसो कक्षा सञ्चालन गर्दै आइरहेको तर विद्यार्थीको चाप कम भएकाले यसलाई बृद्धि गर्न हामी सबैको भुमिका रहनु पर्ने जानकारी गर्दछु । अन्यथा पाएको उपलब्धि पनि गुम्न सक्ने व्यहोरा ध्यानाकर्षण गराउन चाहन्छु ।


सभापति महोदय, विद्यालयको भैरहेको प्रगति र उन्नति प्रति स्मरण गर्नु पर्दा यस विद्यालयको आफ्नो नाम मा रहेको जग्गाको क्षेत्रफल कमि हुँदा हुदै एसियाली विकास बैंकको नीति नियमको आधारमा भवन निर्माणमा करिव ११ रोपनी जग्गा देखिनुपर्ने हुँदा पनि विद्यालयको प्रमाण अनुसार जग्गा कमि दखिएकाले उक्त जग्गा थप गरी नियमाअनुसारको क्षेत्रफल पु¥याइ बनेको भवन यस वडाको आकषित महत्वपुर्ण सम्पत्ति बन्न पुगेको छ । कस्टकर सागुरो बन्ने भवनलाई आकर्षक भवन बन्नमा जग्गाको मोलमोलाई को आधारमा जग्गा विद्यालयलाई पास गरी दिई सहयोग पु¥याउने श्री भिम प्र सापकोटा समेतलाई विद्यालय परिवार धन्यवाद दिन चाहन्छ । सभापति महोदय जि.शि.का मार्फत् २ वटा ब्लक मर्मतका लागि दिएको रकम १४ लाखबाट मर्मत कार्य सम्पन्न गरि बचाएको रकमबाट विद्यालयको जग्गा खरिद लगायत निजि शिक्षक तथा बाँकी शैक्षिक क्षेत्रको काम पुरा गर्न सफल भएका छौँ । साथै ल्गचकगचथ, ी।प्।न् देखि कक्षा ५ सम्म अंग्रेजी मिडियम संचालन भैरहेको अवगत गर्दे कम्प्युटर कक्षा ६ देखि १० सम्म निरन्तर भैरहदा उक्त शिक्षक लगायतका निजी शिक्षक बराबर करिब ५ लाख तलब भत्ता खुवाउनु पर्नेमा समस्या परिरहेको अवस्थालाई मध्येनजर गर्र्दैे आर्थिक वर्ष ०७३÷७४ मा वडा कार्यलय बाट अनुदान स्वरुप रु एक लाख र आर्थिक वर्ष ०७४÷७५ मा पनि आर्थिक सहयोग अनुदान ३ लाख पचास हजार सहयोग र आर्थिक वर्ष २०७५÷७६ मा नमुना विद्यालय पूर्वधार निर्माणको लागि रु १० लाख विनियोजन भएकोमा विद्यालय थप निर्माण लगाएत निजी शिक्षक एवम अंग्रेजी माध्यममा लाग्ने शुल्कको भार कम भएको र नमूनाको लागि अझै छात्रावास, होस्टेल एवम् विज्ञान प्रयोगशाला लाइब्रेरी आदिको समस्या हल गर्न अझै सहयोगको अपेक्षा गर्दै वडा अध्यक्ष दिपेन्द्र थापालाई हार्दिक धन्यवाद दिन चहान्छु ।
शैक्षिक सुधारको शिलशिलामा यस विद्यालय विगतकोे डरलाग्दो अवस्था चिर्दै आज केहि अधुरो भएपनि सुविधा सम्पन्न भइरहेको स्थितिमा शैक्षिक अवस्थालाई सुदृढीकरण गर्नुपर्ने देखिन्छ । विगतको स्मरण गर्दा विद्यालयको वरिपरी भिर र डाँडाकाडाँ जस्तो विद्यालय नै डरलाग्दो अवस्थामा देखिन्थ्यो तर विद्यालयको श्रोतबाट र सडक निर्माणको लागी आफ्नो अमूल्य जग्गा नभनी सहयोग गर्ने ढकाल, रिसेल, काफ्ले परिवारको सहयोगमा आज समथर भुमिको प्रयोग गर्नपाउनुका साथै यातायातको सुविधा हामी सबैले उपभोग गर्न पाउनुलाई महत्पुर्ण रुपमा लिएका छौं । ध्वस्त भएता पनि च्ऋऋ भवन प्राप्त गर्न पाउनु भाग्यमानी ठानिन्छ साना साना वालवालिका यसै विद्यालयको ज्ञानबाट विद्यालयको ज्ञानबाट आज राष्ट्रको हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल भएका छन् तर अवको बाटो कसरी हिड्ने पहिलाको अवस्थाबाट बर्तमान अवस्था कसरी पु¥याउने भन्ने विषयमा सोच्नु हामी सबैको दायित्व हो । पक्की भवन निर्माणमा सहयोग पु¥याउने ब्म्द्य लगाएत म्ीन्ए एवम् ठेकेदारको भूमिका पुरा गर्नुहुने माधव पौडेल लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै शैक्षिक नमूना विकासमा अझै थप प्रोत्साहन मिल्ने आशा राखेको छु ।


आदरणिय अभिभावक ज्युहरु भुकम्प पछिको शैक्षिक गतिविधिको बारेमा स्पष्ट पार्दा अचम्म देखिन्छ । उपर्युक्त भवनको अभाव र खुल्ला वातावरणको कारण तृष्ण दिमाख, अत्यन्त इमान्दार, एकपटक दिएको ज्ञान अर्को पटक दोहो¥याउन नपर्ने उत्कृष्ट अंक ल्याउन सक्ने, मिहेनत गर्ने विद्यार्थी, उस्तै सिकाई एउटै व्यवहार गर्दापनि थप सुधार ल्याउन कठिनाई देखिन्छ । पढाइलाई ख्यालख्याल ठानिन्छ पहिलाको स्थानमा ल्याउन अत्यन्त गाह्रो परिरहेको अवस्थामा कस्तो वातावरण निमार्ण ग¥यो भने शैक्षिक सुधार आउला ? विद्यालय वा घरमा यसैलाई गम्भिर रुपमा सोच्ने हो भने समाज, राष्ट्र अगाडि बढ्ने निश्चित छ । आदरणिय अभिभावक ज्युहरु हामीले भूकम्प पछिको सुधारको लागि मनोक्रियात्मक ढंगले माया दया उत्प्रेरणा दिदै बेलाबेलामा प्रोत्साहन गर्ने हप्ता हप्तामा अतिरिक्त क्रियाकलाप लगायत विभिन्न कार्यक्रम राखी कक्षा कक्षामा हौसला बढाउने र हप्ता पन्ध्र दिनमा सिकाईमा सुधार ल्याउन ऋबिकक त्भकत लिई ँभभमदबअप दिने होमवर्क डायरी साथै मिनि लेशन प्लान एवम् वार्षिक चार वटा परिक्षा र उक्त परिक्षाको उपब्धि मूल्याङकनलाई फाइलिङ गर्दै थप सुधार गर्ने प्रयासमा लागिरहेका छौं ।